• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

आफ्नाे गाउँमा विकास नभएकाे भन्दै सल्यान दार्माका युवाले बुझाए १० बुँदे पत्र


असार ८, सल्यान । स्थानिय निर्वाचन भएयता आफ्नाे गाउँमा अहिलेसम्म कुनैपनि विकास नभएकाे भन्दै सल्यान दार्माका युवाहरुले वडाध्यक्ष समक्ष १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

दार्मा गाउँपालिका वडा नम्बर २ ठानागाउँ र कारागाउँमा हालसम्म कुनैपनी विकासकाे बजेटले नछुट्याएकाे भन्दै त्यहाँका युवाहरुले साेमबार दार्मा गाउँपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेकै दिन वडाध्यक्ष डिल्ली बहादुर केसी समक्ष १० बुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

युवा समुह दार्मा २ ठानागाउँ नाम दिएर उनिहरु समुहकाे पत्रमा विकास माग्दै पेश गरेका हुन् । अहिले वडाध्यक्ष समक्ष आफुहरुले गाउँमा विकास मागेकाे तर यसकाे पनि कुनै वास्ता नभए गाउँपालिका सम्म पुग्ने युवा समुहका संयाेजक प्रेम केसीले बताए ।

हेर्नुहाेस पत्र

 

याे पनि पढ्नुहाेस्ः दार्मा गाउँपालिकाले सार्वजनिक गर्याे निति तथा कार्यक्रम (पुर्ण पाठसहित)

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार