सल्यानमा कोरोना संक्रमितको संख्या १७२ पुग्यो, निको हुनेको संख्या ६६



असार ८, सल्यान । सल्यानमा थप ४ जना कोरोना संक्रमितहरु थपिएका छन् । कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स‌क्रमितहुनेहरुमा  बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ का २३ बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का २२ बर्षिय एक जना पुरुष र वडा नम्बर ६ का १८ र ३५ बर्षिय दुइ जना पुरुष रहेका छन् ।

यो संगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७२ पुगेको छ । आज मात्रै चौरजहारी अस्पतालमा उपचाररत सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ९ जना निको भएर घर फर्किएका छन् । यो सँग सल्यानमा कोरोनाबाट निको हुनेको संख्या ६६ पुगेको छ ।

यो पनि: आइसोलेसनमा बसेकाे ११ दिनमा सल्यानका ९ जना संक्रमित निकाे भएर घर फर्किए

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार