म बलात्कारी हुँ


कविता 

ए नारी जोगिएर हिड म बाट
म मानव हैन दानव हुँ
तिमिलाइ कतै सुरक्षित राख्न नसक्ने
म एक बलात्कारी हुँ ।

तिमी सुनौलो भबिस्य बोकेर बिध्यालय धाउछौ
म तिम्रो भबिस्य मार्ने अपराधी हुँ
म खुलेआम भन्छु म एक बलात्कारि हुँ ।

त्यो धानबारी र उखुवारि मा तिमी  आउने
बाटो कुर्छु
जब तिमी आउछौ

म तिमिलाइ च्याप्प समाउछु तिम्रा दरिला सुरुवालका इजार फुकाल्छु
तिम्रा ब्रा का हुक फुकाल्छु
थाहा हुन्छ मलाई
तिमिलाइ पीडा  हुन्छ भनेर

तर मानबता भुल्छु र यौन प्यास मेटेर
घाँटी थिचेर तिमिलाइ झाडिमा मारेर फाल्दिन्छु
अनि म जस्तै पुरुष तिम्रो न्यायको लागि
भिक माग्छन ।

न्याय चाहियो न्याय चाहियो भन्दै
तिमी अगाडी ढोकाबाट न्यायको भिक माग्छौ
म पछाडि बाट गएर वकिल र अदालत किन्छु
म मेरा आँखाले देखिरहेको छु

मेरि आमा जस्तै तिम्री आमा रोएको
तर म मतलब गर्दिन किन कि म मान्छे हैन
म पशु हुँ
म खुलेआम भन्दै छु  म एक बलात्कारी हुँ ।

म जस्तै तै पुरुष भन्दै हिड्छ
बलात्कार गर्नु एक अपराध हो भनेर
तर आज म तिमिलाइ बलात्कार गरेर  मार्छु

भोलि अर्कोलाई मार्न त्यार हुन्छु
कहाँ सुन्छु र ती पीडा बोलेका कुराहरू
म मा मानवता छैन
किनभने म म एक अपराधी हुँ
म बलात्कारी हु ।

माग्न त माग्छौ नि प्रहरी प्रशासन संग गुहार
पैसावाला छु किन्दिन्छु प्रहरी
हेर म तिमिलाइ स्वतन्त्र बाच्न नदिने राक्षस हुँ
म एक बलात्कारी हुँ ।

तिहार बिर्सन्छु
छोरी हो भन्ने भुल्छु
जब तिम्रा सुरुवाल खोल्छु
सम्बन्ध बिर्सन्छु त मानबता बिर्सन्छु
जब म घरको ढोका बाट भित्र पस्छु

तिमी कोठाको ढोका बन्द गरेर बस्नु है
म तिमिलाइ कहिँ सुरक्षीत हुन नदिने
एक पापी दानव हुँ
हो चेली म एक बलात्कारी हुँ ।

थाहा छ मलाई नारी देबि हुन भन्ने
तिमिलाइ शोषण गर्छु र ढुङ्गालाई पुजा गर्दै हिड्ने
म एक दानव पुजारी हुँ
हो नारी तिमि माथी  अत्यचार गर्ने
म एक बलात्कारी हुँ ।

आफ्नो अपराध लुकाउन
म अदालत र प्रशासन किन्ने
एक ब्यपारी हुँ
हो म साच्चै भन्दै छु म
एक बलात्कारी हुँ ।

बिरामी भएर सिकिस्त अस्पतालमा हुन्छौ
कार्पेट फेर्छ तर अस्पतालको ढोका दरिलो फेर्दैन
मेरो देशले

म तिम्रो सैयाको कम्जोर ढोकाको फाइदा उठाउछु
अनि एकहुल लिएर जान्छु
पालैपालो बलात्कार गर्छौ र भिडियो बनाएर
दुनियाँलाई सार्बजनिक गर्छु ।

फेरि भन्छौ  न्याय दे भन्दै तर तिमिलाइ न्यायको
बन्चित गराउने म एक भयंकर अपराधी हु
हो नारी म एक बलात्कारी हुँ ।

तिमिलाइ त न्याय पाउन  बाट बन्चित गरेगरे
असल पुरुषको नाम पछाडि “केटा बलात्कारी हो ”
भन्ने नाम जोडाउन मजबुत गर्ने म एक पापी हुँ
हो साच्चै नारी तिमिलाइ मात्रै हैन

सिङ्गो पुरुष बर्गको इज्जतमा दाग लाउने एक अपराधी हुँ
मेरो देशको कानुन र प्रशासनलाई  पैसामा किनेर
सबैलाई सताउदै हिड्ने म एक अत्याचारि हुँ
हो म एक बलात्कारी हुँ ।

-शोषण गर्न बन्द गरौं
-बलात्कार कसैले नगरौं
-आउ आवाज उठाउ 

लेखकः सुजाता  निरौला

प्रकाशित मिती २०७७ असार १० गते

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार