सल्यानमा पहिलाेपटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण


असार १०, सल्यान । सल्यानमा पहिलाेपटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । जिल्ला अस्पताल सल्यानमा कार्यरत ४५ वर्षका पुरूष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरुको स्वाव संकलनमा संलग्न रहेका ति स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जनु बुढाले बताए । संक्रमित पुरुषको असार ५ गते स्वाव संकलन गरी सुर्खेत पठाइएकोमा बुधवार रिपोर्ट पाेजेटिभ आएको हाे । ७ जना स्वास्थ्यकर्मीकाे पिसिआर परिक्षण गरिएकाेमा अन्य ६ जनाकाे भने नेगेटिभ आएकाे छ ।

अहिले सल्यान अस्पतालमा कार्यरत ७० जना भन्दा बढि कर्मचारीहरुकाे स्वाब संकलनकाे काम भैरहेकाे डा. बुढाले लेकाली अनलाइनलाइ जानकारी दिए । अब अस्पतालका कामहरु कसरी गर्ने भन्ने बिषयमा अहिले छलफल भैरहेकाे उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार