पहिरोमा पुरिएको अवस्थामा सल्यानमा एक वृद्धको शव फेला


असार १२, सल्यान । सल्यानमा एकजना वृद्ध पहिरोमा पुरिएको अवस्थामा फेला परेका छन् । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्ली बहादुर आलेको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

असार ९ गते बिहान उनी घाँस काट्न जान्छु भनि घरबाट निक्लिएको र त्यस पछि घर नफर्किएपछि परिवारले खोजी कार्य शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिन पछि बिहिवार नजिकैको डाँगडुँगे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको प्रहरी जनाएकाे छ ।

मृतकको शव कम्मर भन्दा माथीको भागसम्म पुरिएको आवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइ रहेको उनकाे भनाइ छ ।

फाइल फाेटाे 

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार