सल्यानको शारदा नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिए


असार १२, सल्यान । सल्यानको शारदा नगरपालिकामा पहिलोपटक ३ जनामा कोरोना पोजेटिभ भेटिएका छन् । शारदा नगरपालिकाको वडा नम्बर ९ मा २५ र ३७ का पुरुष र वडा नम्बर १२ मा ३२ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सम्बन्धित वडाको क्वारेन्टाइनमा बसी रहेको संक्रमितहरुलाइ खलंगामा रहेको आइसोलेसनमा ल्याउने तैयारी भइ रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए । यो संगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ५० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

सल्यानमा यसअघि ८ वटा स्थानीय तहमा कोरोना पुगिसकेको थियोे । अब सल्यानमा कोरोना संक्रमित नदेखिएको स्थानीय तहमा छत्रेश्वरी गाउँपालिका मात्रै रहेको छ ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार