• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा दुई समुहबिच झडप , केही युवा घाइते


असार १२, दाङ । दाङमा दुईसमूहबीच झडप भएको छ । झडप हुँदा चार जना घाईते छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवाश वली, मोहन बस्नेत र दुधेना निबासी विजय योगी घाईते भएका छन् ।

उनीहरुको सामान्य उपचार पछि सोधपुछकालागि ईलाका प्रहरी कार्यालय तुलसीपुर लगिएको उनले बताए । गहतेखोलामा शुक्रबार दिउसो ४ बजेतिर उक्त झडप भएको उनले बताए ।

झडपको कारण, अर्को समूहमा संलग्न लगायतको बिषयमा अनुसन्धान भईरहेको उनले बताए । पहिले देखिको दुश्मनीका कारण झडप भएको हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार