सल्यान अस्पतालमा कार्यरत ७६ कर्मचारीमध्ये ५१ जनाकाे रिपोर्ट नेगेटिभ आयाे


असार १२, सल्यान । सल्यान जिल्ला अस्पतालमा कार्यरत ५१ जना कर्मचारीकाे पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

असार १० गते अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएपछि अस्पताललाइ शिल गरेर कर्मचारीकाे स्वाब संकलन गरिएकाे थियाे ।

७६ जनाको स्वाब संकलन गरि सुर्खेत पठाएकोमा ५१ जनाको पीसीर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । बाँकी रहेका २५ जनाको रिपोर्ट आउन बाँकी छ ।

याे पनिः  सल्यानमा पहिलाेपटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रवार