• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा पहिलाेपटक सुरु गरियाे रेशम खेति (भिडियाे सहित)


असार १४, सल्यान । सल्यानको शारदा नगरपालिका २ श्रीनगर जोगिदेउ खोलामा तीन जना युवाहरु मिलेर सामुहिक रुपमा रेशम खेति सुरु गरेका छन । सुर्योदय बहुउदेश्यीय कृष फम दर्ता गरेर ६२ रोपनी जग्गा भाडामा लिई स्थानीय नारायण दाहाल, यज्ञ विक्रम शाह र देवराज सिंह राठोरले आफ्नो व्यक्तीगत लगानीमा रेशम धागो उत्पादका लागि अहिले ४३ हजार किमुका बिरुवाहरु रोपेका छन् ।

यसअघि विभिन्न पेशामा भएका उनिहरुले वैकल्पीक आम्दानीको रुपमा व्यवसायीक रेशम खेति गरेको बताएका छन् । रेशम खेतिको लागि अहिलेसम्म भण्डै ६० लाख रुपैँया खर्च भैसकोको उनिहरुको भनाई छ । लगानीकर्ता ३ जना युवाबाहेक अहिले यहाँ अन्य ४ जनाले नियमित रोजगार पाएका छन् भने कामको चाप अनुसार कुनैदिन ५० जनासम्मले काम पाउने गरेका छन् ।

आफु स्वरोजगार बन्ने र स्थानिय यूवालाई रोजगारी दिने उद्धेश्यले कषि फर्म सञ्चालन गरिएको संचालक नारायण दाहालले बताए । पश्चिम नेपालमा रेशम खेतीको राम्रो सम्भावना देखेर सल्यानमा खेती गर्न थालिएको र याे खेति कर्णाली प्रदेशमा पहिलाे भएकाे उनकाे भनाइ छ ।

दाहालले रेशम खेतीसँगै व्यवसायी हाँस, कुखुरा र बाख्रा पालन गर्ने योजना रहेको बताए । “हामीले अहिले रेशम खेती शुरु गरेका छौँ, यसलाई व्यवस्थित गर्दै २ सय बढी बाख्रा, करिब १ हजार हाँस, एक हजार स्थानीय जातका कुखुरा पालन गर्ने योजना छ, त्यसका लागी पहिलो चरणको काम सम्पन्न गरेका छौँ” उनले भने ।

रेशम खेती गर्दा किम्बुको घाँस पनि प्रयोगमा आउने गरी बाख्रापालन गर्ने तयारी गरिएको उनको भनाई छ । नेपालमा कृषि पेशा थुप्रेले थालनी गरेपनि केहिले भने अनुदान लिनैको लागि कृषि गरेको देखिन्छ । जसले गर्दा वास्तविक कृषि गर्ने किसानहरु मारमा पर्ने गरेका छन  सरकारले वास्तविक किसानको पहिचान गर्ने र कृषिमा आउने नयाँ पुस्ताहरुलाइ प्रोत्सान गर्ने हो भने कृषिप्रति आकर्षण बढ्ने देखिन्छ ।

हेर्नुहाेस भिडियाे


 

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार