• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा बसले ठक्कर दिदा ओली गम्भीर घाइते


असार १४, सल्यान । सल्यानमा बसले ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् । शारदा नगरपालिका १ शान्तीनगरबाट बिहेको लागी जोगीदेउखोला जाँदै गरेको ग १ ख ७९३० नम्बरको बसले आइतबार बेलुका साढे ७ बजे तिर श्रीनगरमा ठक्कर एकजना घाइते भएका हुन् ।

घाइते हुनेमा दार्मा गाउपालिका वडा नम्बर ३ का ३० बर्षिय हेमन्त ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते ओलीको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगन्ज पठाईएको सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिए ।

घाइते ओली अचेत अबस्थामा रहेका छन् । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार