• २०७७ असार २३ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा आफ्नै १३ वर्षीया छोरीलाई बला*त्कार गरेको आरोपमा बाबु पक्राउ


असार १५, सल्यान । आफ्नै छोरीलाई बला*त्कार गरेको आरोपमा सल्यानमा एकजना प*क्राउ परेका छन् । शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा सल्यान प्रहरीले प*क्राउ गरेकाे हाे ।

घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बला*त्कार गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनलाई घर नजिकैबाट प*क्राउ गरिएको खतिवडाले बताए ।

काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन । बैशाख महिना देखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको प्रहरीकाे भनाइ छ ।

प*क्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार