असार १६, सल्यान । राप्ती राजमार्ग अन्तर्गत सल्यान रुकुम सडक खण्ड वर्षाेदेखि दयनिय बन्दै गएकाे छ । दैनिक हजाराैं सवारी साधन ओहाेरदाेओर गर्ने राप्ती राजमार्ग पछिल्लाे केहि वर्ष यता झन बिग्रदै गएकाे छ ।
करिब ३० वर्ष अघि ट्याक खाेलिएकाे राप्ती राजमार्ग एक दशक अघि वटाशिल प्रविधिबाट पीच गरिएपनि त्यसपछि स्तरोन्नति नहुँदा जाेखिम बन्दै गएकाे छ । दाङ तुलसीपुरबाट सल्यान हुँदै रुकुमकाे मुसिकाेट सम्म जाेडिएकाे राप्ती राजमार्ग अहिले कालाेपत्रे भन्दा बढी खाल्डाखुल्डी देखिन थालेका छन् ।
यसैपनि दयनीय यो बाटोको अवस्था वर्षायाम सुरु भएपछि यात्रुहरुले झनै सास्ती खेप्नु परेकाे छ । बेलाबेलामा मर्मतसम्भारका काम भएता पनि गुणस्तरीय ढङ्गले काम नगर्दा ती सबै प्रभावकारि हुन सकेका छैनन। बाटोको अवस्था राम्रो नहुँदा भनेको समयमा गन्तव्यसम्म पुग्न नसकिने, सवारीसाधनलाई पनि निकै असर पर्ने र दुर्घटना हुन सक्ने त्रास लगायतका समस्याहरु झेल्दै यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
सडककाे अबस्था नाजुक भएकै कारण हालसम्म राप्ती राजमार्गमा सयाैं सवारी दुर्घटना भएका छन् भने हजाराैं यात्रुले ज्यान गुमाएका छन् । याे सडकमा अहिलेपनि ढुक्क भएर यात्रा गर्न सकिने अवस्था छैन । प्रभाबकारी ढङ्गले मर्मत सम्भार गर्न तर्फ सरोकारवालाहरुको ध्यान अझैपनि नजाने हो भने यसअघिका जस्ता थुप्रै दुर्घटनाहरु नहोलान भन्न सकिन्न।