असार १८, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेन्टाइनबाट ७० जना भागेका छन् । क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि पिसिआर रिर्पोट नआएको भन्दै उनिहरु क्वारेन्टाइनबाट भागेका हुन् ।
बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्वर ३ स्थीत आधारभुत विद्यालय लहाघाटमा बसेका ७३ जना मध्ये ७० जना भागेर घर गएका हुन । उनिहरुले प्रहरीहरुलाई ढुंगामुढा गरेर त्यहाँबाट भागेको नगरपालिकाका मेयर गोविन्द कुमार पुनले जानकारी दिए ।
उनिहरु जेठ १९ गतेदेखि सोहि क्वारेन्टाइनमा बस्दै आएका थिए । उनिहरु क्वारेन्टाइनमा बसेको १७ दिनपछि श्वाव संकलन गरि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो ।
मेयर पुनले सुर्खेत पठाएको श्वाव त्यहाँ मेसिन विग्रीएपछि नेपालगंज पठाइएको र नेपालगंजले पनि आजभोली भन्दै टारेकोले समस्या भएको बताए । क्वारेन्टाइबाट भागेकाहरुकाके खोजि भैरहेको मेयर पुनले बताए ।