• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका युवाहरु जुटे व्यवसायीक कृषिमा (फाेटाे फिचर)


सृजना देवकोटा

सृजना देवकोटा 

पछिल्लाे समय सल्यानमा व्यवसायी कृषि गर्नेहरुकाे संख्या बढ्दाे छ । बढ्दाे युवा जनशक्ती, बेराेजगारी र विदेश पलायन हुने बाध्यताले गर्दा युवाहरु कृषिमा पनि आकर्षित हुन थालेका हुन् ।

शारदा नगरपालिका १५ सिमतार खाेलामा ३ जना युवाहरु मिलेर ५० राेपनी जग्गामा कृषि काम थालनी गरेका छन् । माछापालन, कुखुरा, बाख्रा पालन सँगै बिरुवाकाे नर्सरी र तरकारी उत्पादनमा युवाहरु सक्रिय बनेका छन् । कुमाख गाउँपालिकाका दलबहादुर डिसी, विकास डिसी, डण्डवीर डिसी र लक्ष्मण बुढा मगरले श्रीनगरमा कर्णाली इन्टिग्रेटेट मल्टि प्रपाेज एग्री फार्म नाम दिएर उक्त व्यवसाय थालनी गरेका हुन् ।

पेशाले शिक्षक भएका ४८ बर्षिय दलबहादुर डिसीले कृषिमै केही बैज्ञानिक तरिकाले उत्पादन गर्नु पर्छ भन्ने उदेश्यले यस्ताे कार्य थालनी गरेकाे बताए । काेराेना भाईरसकाे कारणले धेरैलाइ कृषि गर्न पनि सिकाएकाे उनकाे भनाइ छ । आफुहरुले अब नेपालमा अहिले नयाँ जातकाे रूपमा भित्रियकाे ड्रागन फुर्टकाे लागि उचित व्यवस्थापनका साथ खेती गर्ने तयारी गरिरहेकाे उनले बताए ।

कृषि गर्न थुप्रै चुनाैतीहरू भएकाे भन्दै उनिहरुले अब कृषिमै जीवन बनाउने लक्ष भएकाे बताए । सरकारले कृषि पढेका जनशक्तिहरुले व्यवसाय गर्छाैं भन्दा प्राेत्साहन हुने र मनाेबल बढ्ने खालका नीति बनाई दिए राम्राे हुने उनिहरुकाे भनाइ छ ।

उत्पादित वस्तुहरूकाे खपत हुने, बिक्रीकाे लागि उचित वातावरणकाे सिर्जना सरकारले गरिदिए कृषि गर्न धेरै सहज हुने उनिहरुकाे भनाइ छ। विउविजन र फलफुलका विरूवाहरू पाउन निकै मुस्किल हुने हुँदा सरकारले केही पहल कदम चालिदियाेस भन्ने उनिहरूकाे अपेक्षा छ  ।

\

प्रकाशित मिती २०७७ असार २३ गते

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार