राेल्पा सिमेन्टकाे मनपरि विरुद्ध स्थानीयबासीहरु आन्दोलित


असार २३, सल्यान । स्थानीयबासीलाइ सास्ती दिएकाे भन्दै रोल्पा सिमेन्ट प्रा.लि.विरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । राेल्पाकाे त्रिवेणी गाउँपालिका ३ कोइलामा रहेको राेल्पा सिमेन्टले सम्झौताअनुसारकाे स्थानीयहरुकाे मागलाइ व्यवास्था गरेकाे भन्दै स्थानीयबासीहरु आन्दाेलित बनेका हुन् ।

कम्पनीले सिमेन्ट उत्पादनको नाममा ढुंगा उत्खनन गरेर बाहिर पठाएकाले तत्काल रोक्नुपर्ने, धुलो धुवा रोक्नुपर्ने, टिपरले सडकमा बनाएका खाल्डाखुल्डी मर्मत गर्नुपर्ने, उत्खनन गरेकाे ठाउँमा वृक्षाराेपन गर्नुपर्ने, एक घर एक रोजगार कार्यक्रम पुरा गर्नुपर्ने लगाएतका १६ बुँदे माग स्थानीयहरुले राखेका छन् ।

यी मागलाई सम्बोधन गर्नको लागि कम्पनीलाइ १५ दिने ध्यानाकर्षण पत्र बुझाएको अहिलेसम्म कुनै प्रतिक्रिया नआएकाेले आन्दाेलन गर्नुपरेकाे संघर्ष समितीका अध्यक्ष अर्जुनकुमार ओलीले लेकाली अनलाइनलाइ बताए । उनको नेतृत्वमा १५ सदस्यीय संघर्ष समिति गठन समेत गरिएकाे छ ।

सिमेन्ट कम्पनीका कारण नजिकका धेरै गाउँहरुले सास्ती पाएकाे स्थानीयको भनाई छ । बालिनालीमा ह्रास आएको र बातावरण प्रदुषणले गर्दा जनावरको समेत बिचल्लीमा परेको संघर्ष समितिको भनाई छ । याे समस्याकाे सामाधानका लागि सिमेन्ट कम्पनीले स्थानीयबासी, वडा तथा गाउँपालिका सँग कुनै समन्वय नगर्ने गरेकाे उनिहरुकाे भनाइ छ ।

संघर्ष समितिले खानी विभाग, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र केन्द्र सरकारलाई समस्या समाधानकाे लागि त्रिवेणी गाँउपालिका मार्फत उजुरी पत्र पठाएका छन् । त्यस्तै रोल्पा सिमेन्टले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा वार्षिक कार्ययोजना सार्वजनिक गर्नुपर्ने समेत स्थानीयबासीले माग राखेका छन् ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार