सल्यानमा बहुप्राबिधिक शिक्षालयकाे संरचना धमाधम हुँदै (भिडियाेसहित)


खकेन्द्र केसी

असार २३, सल्यान । सल्यान शारदा नगरपालिका ४ लामाडाँडामा शहिद नेत्रलाल अभागी बहुप्राबिधिक शिक्षालयकाे भवनकाे काम तिब्र गतिमा संचालन भैरहेकाे छ । अहिले द्धारिका प्राथामिक बिद्यालय शारदा नगरपालिका ३ बडाखोलाबाट सञ्चालन हुदैँ आएको शिक्षालय अब वडा नम्बर ४ को लामाडाँडा स्थित आफ्नै भवनबाट सञ्चालनमा हुने भएको हो ।

गत वर्ष र याे वर्ष गरि झण्डै ५ कराेडकाे लागतमा अहिले पूर्वाधार निर्माणका कामहरु धमाधम रुपमा भैरहेका छन् । गत वर्ष नै एउटा भवन बनाइसकिएकाे छ भने याे वर्ष तिनवटा भवनकाे काम भैरहेकाे शिक्षालयका सुचना अधिकारी इन्द्रकुमार शर्माले बताए ।

त्यस्तै साहुटाेलदेखि विद्यालयसम्मकाे ६ सय ४० मिटरकाे सडकलाइ पनि ग्राभेल गरिदैछ । ३५ राेपनी क्षेत्रफलमा फैलिने याे बहुप्राविधिक शिक्षालयकाे संरचनाकाे कुल लागत ८० कराेडकाे अनुमान गरिएकाे छ । हाललाइ ४ वडा भवन र एउटा बाख्रा खाेर बनाइने छ ।

यही बर्षको भदौँ महिना पछि आफ्नै भवनबाट सञ्चालन गर्ने गरी अहिले शिक्षालय भवन निर्माणका कार्यहरु भैरहेको शिक्षालय प्रमुख कृष्ण बिर नेपालीले बताए । जिल्लामा नै पहिलो पटक स्थापना भएको यस शिक्षालय कर्णाली प्रदेशमा जुम्लापछिकाे दाेस्राे हाे । यहाँ अहिले पुर्वमा चितवनदेखि पश्चिममा कैलाली जिल्ला सम्मका विद्यार्थीहरु अध्यान गर्न आएकाे उनकाे भनाइ छ । यस शिक्षालयबाट तीन बर्षे कोर्ष तर्फका सिभिल इन्जिनियरिङ र भेटेरीनरीको पढाइ भैरहेको छ ।

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार