• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा सर्पको टोकाइबाट एक जना बिरामी


पूर्ण केसी (मुस्कान)

असार २३, दाङ । वर्षायाम संगै सर्पको विकविकी बढेको छ ।

सर्पले डसेर गम्भिर विरामी परेका तुलसीपुर उपमहानगरपालिका ८ दुधेना बस्ने बर्ष ३१ को जगत बहादुर केसीलाई थप उपचारका लागी बाँके रिफर गरिएको प्रहरीले बताएको छ ।

सोमवार दिउँसो १ बजेतिर खेतमा विषालु सर्पले डसेर बिरामी परेका उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी बाँके भेरी अस्पतालमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार