• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

इन्सेकद्वारा बनगाड कुपिण्डे नगरपालिकालाइ स्वास्थ्य सामाग्री सहयोग


असार २३, सल्यान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)कर्णाली प्रदेशद्दारा सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोना बाट सबै भन्दा बढी प्रभावित जिल्लाको यस पालिकालाइ एक सय पीस सेनिटाइजर, एक हजार पीस सर्जिकल मास्क र १० बक्स लुज ग्लोब हस्तान्तरण गरिएको इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक सुवेदीले कोरोनाको जोखिमपूर्ण अवस्थामा नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले गरिरहेको प्रयासमा थप सहयोग पुगोस भनेर यी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताए ।

मंगलबार नगरपालिका प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरीलाइ स्वास्थ्य सामाग्री उपलब्ध  गराइएको हो । स्वास्थ्य सामाग्री बुभ्mदै नगर प्रमुख गोविन्द कुमार पुनले विपदको यस घडीमा पालिकालाइ सहयोग गर्ने इन्सेकलाइ धन्यवाद व्यक्त गरे ।

कर्मचारीले आफ्नाे तलबको केही अँशले कोरोना न्युनिकरणमा खेलेको भुमिका प्रशँसायोग्य रहेको बताउँदै उनले संघसंस्थाले यसरी गरेको सहयोगले कोरोना रोकथाममा ठुलो टेवा पुर्याउने बताए । कुनैपनि सहयोग सानो ठुलो नहुने बताउँदै नगर प्रमुख पुनले अफ्ठेरो परिस्थितीमा गरेको सानो सहयोगले पनि महत्व राख्ने बताए ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार