• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा काेराेना संक्रमितकाे संख्या २२३ पुग्याे


असार २३, सल्यान । सल्यानमा काेराेना संक्रमितकाे संख्या २ सय २३ पुगेकाे छ । मंगलबार थप सात जनामा कोरोना पुष्टि भएपछि कुल संक्रमितकाे संख्या २२३ पुगेकाे हाे ।

मंगलबार संक्रमित हुनेमा त्रिवेणी गाउँपालिकाका ३, कपुरकोट गाउँपालिकाका १, शारदा नगरपालिकाका १ र बनगाड कुपिण्डे नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

कोरोना पुष्टि भएका मध्ये हालसम्म सल्यानमा १ सय ७० जना निको भएर घर फर्किसकेका छन् ।

 

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार