जेनि मगर
बाहिर देशभक्ती बाजा बजाएर भित्र मुडा किना तात्छाैं, तिम्रा खोक्रा भाषण र चिप्ला बोलीले जनताको मन आजलाई त जिताैला तर भोलिलाई हैन्। जसको रुढ नै दुरगन्थित छ त्यसले नै समाजमा भाइङकर परिवर्तनका कुरा उठाउछ र जसका चिप्ला कुराले लडाउना बाहेक अरु केहि जानेको छैन् ।
यदि तिमिले समाज परिवर्तनमा ल्याउनु छ भने पहिले आफु भित्रको कुरुर सोचलाई फराकिलो बनाउँ अनि त्यसपछि बल्ल परिवार हुँदै समाज परिवर्तन तिर लम्क । नत्र भने राजनीतिको नाममा भ्रष्टको खोल ओडिनै रहने छाै । जसको कारण तिमिलाई भाैतिक सुख बाहेक अरु केही मिल्न सक्दैन् ।
हो मैले यति भनिरहदा देशको विकासले खोजिएका प्रहार र तिनै प्रहार सँग मुकाबला गर्ने मेरो सानो प्रयास मात्र हो । जुन हाम्रो देश, हाम्रो समाज भित्रका ठुला बडावालाहरुले आफ्नो घरमा काम गर्ने मान्छेलाई एक सदस्य नमानि नोकरको दर्जा दिन्छन् र सय रुपैयाँ दिएर दुइसय रुपैयाँको काम गराइरहेका हुन्छन् ।
तिनै मान्छेले बाहिर न्यायको कुरा गरिरहदा मलाई आश्चर्य लाग्छ। अब भनुस् राजनिति भित्रका ठुला मान्छेको लागि चाहिँ कानुन छैन । साँच्चिकै भन्नू पर्दा ठुला बडाकाे सरकारका ती हतकेलाहरु सँग नै मानबता छैन भने दुखि, गरिब, निमुखा, अशाय, अपांगले कहाँबाट न्याय पाउछन्।
हुन त राजाले न्याय नपाएको मेरो देशमा (राजा बिरेन्द्र शाहाकाे ह त्या हुँदा) अरु त परको कुरा हो यदि पैसा र पावर पाहुँज हुने हो भने चाहिँ मान्छे मारेको ज्यानमारा एक घण्टामै छुट्ने मेरो देशमा सच्चा प्रेमको तगारो जात बनिदिन्छ अनि जसले जात भात अनत्य हुनु पर्छ, सबैमा सम्मानता छाउनु पर्छ भनेर दश बर्षे जनयुद्धको चर्काएर दश हजार नेपालीकाे बली चडायो तिनै नेता बाट छुवाछुत, जातभातका कुराले साच्चा प्रेमको लास भएको छ जुन मान्छेको बोली थियो व्यवहार हैना भन्ने कुरा यहिँबाट पुष्टि हुन्छ । त्यसैले समाज हैना पहिले आफ्नो सोच परिवर्तन गर महोदय ।
प्रकाशित मिती २०७७ असार २४ गते