सल्यानमा खोलाले बनाउँदा एक वृद्धको मृत्यु


असार २३, सल्यान । खोलाले बगाउँदा सल्यानमा वृद्धको ज्यान गएको छ । कपुरकोट गाउपालिका वडा नम्बर ६ सिन्वाङ निवासी ७१ बर्षिय पूर्ण बहादुर महतरालाई स्थानीय भुर खोलाले बगाउँदा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार असार २२ गते सोमवारका दिन सोही ठाँउ स्थित छोरीको घरमा गएको र २३ गते मंगलवार छोरीको घरबाट आफ्नो घर फर्किने क्रममा खोलाले बगाएपछि उनको बुधबार बिहान शव भेटिएको हो ।

स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेको र अहिले पोष्टमार्टमको लागि सल्यान जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

फोटो फाइल

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार