असार २५, सल्यान । सल्यानकाे एउटा क्वारेन्टाइनबाट भागेका ७० जनाकाे आएको छ । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका २ लाहाघाटमा रहेकाे आधारभूत विद्यालयबाट भागेका सबैको रिपोर्ट नेगेटिभ आएको हाे । उनिहरु असार १८ गते क्वारेन्टाइनबाट भागेका थिए ।
स्वाब संकलन गरेको एक हप्ता पनि रिर्पोट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नु परेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुडा गरी भागेको थिए । गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको रिर्पोट आउन ढिला भएको भन्दै उनीहरु भागेका थिए ।
यसैबीच बनगाड कुपिण्डे नगरपालिकामा मात्रै अहिलेसम्म १ सय ५१ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमा निकाे भएर घर फर्किनेको संख्या १ सय ३३ रहेका छ । भने सल्यान क्याम्पस आइसोलेशनमा ९ जना र प्रभाकर माबि देवस्थल आइसोलेशनमा ९ जनागरी १८ जना कोरोना पोजेटिभ बाँकि उपचारमा रहेका छन ।