असार २५, सल्यान । सल्यान शारदा नगरपालिकाका युवाहरुले संसदकाे अभ्यास सुरु गरेका छन् । भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्नकाे लागि युवाहरुले संसद भवनकाे जस्तै गरेर बुधबार खलंगाकाे बालमन्दीरमा अभ्यास गरेका हुन् ।
अभ्यास कार्यक्रममा सभामुख, दायाँतिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए । उनिहरुले संसदमा जस्तै गरेर टेबुलमा जनाउ घण्टी बनाएर कार्यक्रम समेत चलाउन भ्याएका थिए ।
समापन कार्यक्रममा बोल्दै मेयर सुरेश अधिकारीले युवा पुस्तामा यस्तो ज्ञान अति आवश्यक रहेको धारणा राखे । अधिकारीले आफ्नो कर्तव्यमा युवालाई अग्रसर बनाउदै राज्यलाई सुझाव दिन सक्ने युवा तयार पर्नाको लागि नगरले यो कार्यक्रम गरेको बताए ।
युवालाई देशको निति निमार्णमा समेत सहज भुमिका खेल्न यस्ताे अभ्यास आवस्यक रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख लिला बहादुर बबलले बताए ।