• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाइ दियाे हाते ट्याक्टर


असार २६, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाले किसानहरूलाइ उन्नत प्रविधि अन्तरगत हाते ट्याक्टर वितरण गरेकाे छ ।

किसानहरूकाे ५० प्रतिशत अनुदानमा र नगरपालिकाकाे ५० प्रतिशत अनुदानमा उनिहरूलाई हाते ट्याक्टर वितरण गरिएकाे हाे । वितरित मध्ये ९ वटा डिजेलबाट र ५ वटा पेट्राेलबाट चल्ने हाते ट्याक्टर हुन ।

वितरण कार्यक्रममा नगरप्रमुख गाेविन्द पुन, उपप्रमुख मन्जु यरी र प्रमुख प्रशासकिय अधिकृत माेहन खड्काले प्रविधिकाे प्रयाेगबाट किसानहरूकाे समयकाे बचत हुने र त्याे समयमा थप कृषि कर्म गर्दा उत्पादन बढ्ने विश्वास व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार