• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान कपुरकाेटकाे खतरनाक पहिराे, झण्डै ४ कराेड सकिदा पनि हुन सकेन राेकथाम (भिडियाे सहित)


असार २६, सल्यान । सल्यानकाे कपुरकोटमा वर्षेनी आउने पहिराेले कपुरकाेट बजार अति जाेखिममा परेकाे छ । कपुरकाेट गाउँपालिका वडा नम्बर ३ मा रहेकाे खारा पहिराेले एक किलाेमिटर माथी कपुरकाेट बजारलाइ असर गरेकाे छ ।

अहिले कपुरकाेट बजार सँगै त्यस दक्षिण तर्फकाे जमिन भासिन पुगेकाे छ । बजारकै छेउमा रहेका केहि घरहरु जमिन भासिएकै कारण ढल्केका छन् । खारा पहिरोले यहाँका करिव १ सय भन्दा बढि घरधुरीहरु पहिरोको पिरमा पिरोलिइरहेको बर्षौ बितेको छ ।

खारा पहिरोममा नै जग्गा र घर भएकाहरु बढि प्रभावित भइरहेका छन् । जमिनमा ठुला ठुला चिरा परेकोले पनि कतिबेला पहिरो जान्छ भन्ने डरले स्थानीयहरुलाई सन्त्रास बनाउदै आएको छ । पहिलेको भन्दा पहिरो रोकथामका कारण कम भएपनि ढुक्क भएर वस्न सक्ने अवस्था नभएको स्थानीयहरुको भनाई छ ।

पहिरो रोकथामका लागि ३० बर्ष पहिलेदेखि सानोतिनो कार्य गरिरहेको भएपनि प्रयाप्त नहुदा पहिरो रोकिन सकेकाे छैन् । खारा पहिरोमा बर्षातमा मात्र हैन सुख्खा याममा समेत पहिरो जाने गरेको कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले बताए ।

अहिले सम्म पहिरो रोकथामका लागि ३ करोड ८० लाख रुपैया खर्च भइसक्दा पनि पहिलो रोकिने छाँटकाट नभएकाे उनि बताउछन् । “२०५२ साल देखि पहिरोको रोकथामका लागि प्रयास गरेका हौ, यहाँको माटो नुनिलो भएकाले जाली छिटै गल्ने भएकोले रोकथाममा समस्या भएको छ”, स्थानीय तिलक बहादुर सेन ठकुरीले भने, “पहिरोको रोकथाममा लाग्नु भन्दा पनि अब राज्यले जोखिममा रहेको बस्तीलाई अन्यत्रै स्थान्तरण गरेमा पहिरोको त्रास हुने थिएन ।”

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार