विप्लव सल्यानका इन्चार्ज लाेक्पाललाई पक्राउ गर्न आएका सिआइडीलाई गाउँलेहरुले लखेटे


असार २७, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानका इन्चार्ज लाेक्पाल केसीलाइ प’क्राउ गर्न गएकाे सिआइडी टाेलीलाइ स्थानीयहरुले लखेटेका छन् । छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा रहेकाे केसीकाे घरमा बिहीबार बिहान सादा पाेसाकमा गएकाे सिआइडी टाेलीलाइ स्थानीयहरुले लखेटेपछि सिआइडी टाेली प’क्राउ गर्न असफल भएकाे छ ।

‘म घरमै थिए, सादा पाेसाकका ४ जना सिआइडीहरु एकाएक आएर मलाइ हत्कडी लगाउन थाले, पछि गाउँलेहरु सबै आएर प्रतिकार गरे’, इन्चार्ज केसीले लेकाली अनलाइनसँग भने । ति ४ जना सिआइडी गाउँलेहरु सबैले ढुंगामुढा गर्न थालेपछि प’क्राउ नगरेर भागेकाे उनले बताए ।

नेकपाका जिल्ला सेक्रेटरी तुफानका अनुसार ति सिआइडी टाेली कर्णाली प्रदेशबाट आएकाे बुझिएकाे छ । देश काेराेना महामारीमा भएकाे बेला पार्टीले कुनैपनि गतिविधि नगरेकाे अवस्थामा घरमा बसेकालाइ सरकारले प’क्राउ गर्न आउनु निन्दनी कार्य भएकाे सेक्रेटरी तुफानले बताए ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार