रोल्पा सिमेन्टका महाप्रवन्धकमथि यौन दुरव्यवहारको आरोप, उद्योग अगाडि प्रदर्शन


असार ३१, रोल्पा । रोल्पा सिमेन्ट उद्योग प्रालिका महाप्रवन्धक रविलालकान्त कर्णमाथि उद्योगमै कार्यरत एक महिलाले आफुमाथि दुरव्यवहार गरेका आरोप लगाएका छिन । उद्योगमा खाने पकाउने काम गर्दै आएकी त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी एक २३ बर्षीया ती महिलाले महाप्रवन्धक कर्णले आफुमाथि तीन दिन अगाडि दिउँसै किचेनमा जवरजस्ती हातपात गर्नुको साथै बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन ।

घटनावारे पीडित महिलाले त्रिवेणी ३ स्थित अस्थायी प्रहरी पोष्ट कोइलामा जाहेरी दिएको बताएकी छन् । दूई दिन अगाडि ति पीडित महिलाले चौकीमा आएर आफुमाथि उद्योगका महाप्रवन्धक कर्णले दुरव्यवहार तथा जवरजस्ती बलात्कारको प्रयास गरेको भन्ने ठाडो उजुरी दिएको प्रहरी पोष्टले जानकारी दिएकाे छ ।

यसैबीच राेल्पा सिमेन्ट उद्योगकाे अगाडि मंगलवार स्थानीयले प्रदर्शन गरेका छन् । ‘धुँवा धुलो नियन्त्रण गर, ढुँगाको बाह्य जिल्लामा हुँदै आएको ढुवानी बन्द गर, स्थानीयलाई रोजगारीबाट निकाल्न पाइदैन, ढुवानीमा हुँदै आएको सिन्डिकेट अन्त्यगर, सिमेन्ट उद्योग भित्र भएका ज्याजदी बन्द गर,मजदुर माथिको श्रमसोशन वन्द गर’ भन्ने जस्ता नारा लगाएका छन् । त्रिवेणी गाउँपालिका स्थानीय एक सय बढी सर्वसाधारणले उद्योग स्थल त्रिवणी ३ कोईलामा आएर पर्दशन गरेका हुन ।

उनीहरुले उद्योग सञ्चालकलाई सातदिने अल्टिमेटम दिदै त्यो कार्यान्वयन नभए उद्योगमा तालाबन्दी गर्ने, टिप्पर सञ्चालनमा रोक लगाउने जस्ता निर्णय सार्वजनिक गरेका छन् । संघर्ष समितिका संयोजक अर्जुनकुमार वलीले उद्योग सञ्चालकले पटक/पटक स्थानीय संग गरेका सम्झौंता कार्यान्वयनमा कुनै चासो नदिएको हुँदा आफहरु बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

याे पनि पढ्नुहाेसः राेल्पा सिमेन्टकाे मनपरि विरुद्ध स्थानीयबासीहरु आन्दोलित

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार