लकडाउनमा किस्ता असुली गरेकाे भन्दै सल्यानमा विप्लव पार्टीले राख्याे बैंकमा बम


साउन १, सल्यान । लकडाउनमा किस्ता असुली गरेकाे भन्दै सल्यानमा विप्लव नेकपाले बैंककाे सटरमा बम राखेकाे छ । जिल्लाकाे बागचौर नगरपालिकाको बागचौर बजारमा रहेको मुक्तीनाथ विकास बैंकको शाखा कार्यालयको सटरमा गएराती बाल्टिन बम भेटिएको प्रहरीले बताएको छ ।

नेकपाकाे जनपरिषद सल्यानको नाममा कार्यालय बाहिर बम राखेको र बमसंगै राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएकाे छ ।

बम राखेकाे जिम्मा विप्लव नेकपाले लिएकाे छ । साे पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकहरुबाट ब्याजी किस्ता असुलीरहेकाे कारण चेतावनी स्वरुप जनपरिषद् सल्यानका संयाेजक बारुदकाे नेतृत्वमा पहिलाे कारबाही स्वरुप यस्ताे कार्य गरेकाे बताए । उनले अब पनि बैंक तथा लघुवित्तहरुले किस्ता उठाउन नछाेडे कडा कारबाही गर्ने बताए ।

यसअघि पनि साे पार्टीले लकडाउनमा किस्ता नउठाउन भन्दै एक प्रेस विज्ञप्ती जारी गरेकाे थियाे ।

याे पनिः लकडाउनमा सहकारी संस्थाले ब्याज असुलेको भन्दै नेकपा सल्यानको विज्ञप्ती

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार