सल्यानमा फेरि नगरपालिकामा कार्यरत कर्मचारीमा काेराेना देखियाे


साउन ५, सल्यान । सल्यानमा फेरि स्थानीय सरकारका एकजना कर्माचारीमा काेराेना पाेजेटिभ देखिएकाे छ । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि दार्मा गाउँपालिकामा कार्यरत २ जना कर्मचारीमा काेराेना पाेजेटिभ देखिएकाे थियाे । बनगाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, गरी ७२ जनाको पीसीआर चेकजाँच भएकोमा एकजना कार्यालय सहयाेगीलाइ काेराेना देखिएकाे हाे ।

उनलाइ अहिले नगरले बनाएकाे स्थानीय आइसोसेलनमा राखिएको छ । यसअघि असार २८ गते बनगाडमा कोरोना सम्बन्धि फिल्डमा खटिएका एक जना स्वास्थ्यकर्मीलाइ पनि कोरोना देखिएको थियो । बनगाड कुपिण्डेमा मात्रै अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १ सय ५६ रहेकाे छ ।

त्यस्तै सल्यान जिल्लाभरी हालसम्म काेराेना संक्रमितकाे संख्या २३७ पुगेकाे छ जसमा २१७ जना निकाे भएर डिस्चार्ज भैसकेका छन् भने २० जना आइसोसेलन कक्षमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार