नवराज राना मगर/ प्युठान । प्रगतिशील जनाबादी युवा गायक नविन बस्याल र सिता थापाको स्वरमा तीज गीत ‘नारी अधिकार’ सार्वजनिक भएको छ । बैदेशिक रोजगारीका क्रममा ओमानमा पुगी काम संगै सामाजिक संगठन एकता समाजको साँस्कृतिका मोर्चा रक्तिम साँस्कृतिका विभागमा संगठित टुक बहादुर रामदामले रचना संगीत गरेकाे गीतको म्यूजिक एरेन्ज हेमराज आश्रमले गरेका छन् ।
गायक नवीन बस्याल पनी अहिले जापान नेपाली एकता समाज अंतरगत रक्तिम साँस्कृतिका विभागको केन्द्रिय सदस्यमा रही काम गर्दै आएका छन् । काठमाण्डौ बबरमहलको ‘प्रिज्मा रेकर्डिग स्टुडियो’मा रेकर्ड भएको यो गीतमा रचनाकारले नारीहरुले अझै पनि अधिकार नपाएको विषयको उठानसँगै सीमा अतिक्रमणको विषय पनि उठाइएको छ ।
त्यस्तै अखण्ड नेपाल राष्ट्रलाई जोगाउन हिमाली, पहाडी, मधेशी सबै मिलेर लाग्नु पर्ने समेत यो गीतको प्रमुख सन्देश रहेको छ । रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीतमार्फत समाजमा प्रचलित रुढीवादी र अन्धविश्वास विरुद्ध चेतना जगाउनुका साथै राष्ट्रियता रक्षाका लागि पनि सन्देश दिएका छन् ।
यस्ताे छ गीत