नवराज राना मगर/ साउन ८, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका वार्ड नंवर ९ ले तीज बिशेष नाचगान कार्यक्रम नगरिदिन आफ्नो वार्डबासीलाई आग्रह गरेको छ।
वार्ड कार्यलयले आज एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बिश्वभर माहामारिको रुपमा फैलिएको कोरोना भाइरसको कहर नेपालमा पनि अझै बांकी रहेको भन्दै, धेरै मानिसहरु एकै ठाउँमा जमघट नहुन र तीजको नाचगान समेत नगर्न आग्रह गरको हो।
विशेष गरि तीज नजिकिएसङ्गै गाउँघरमा रातको समयमा नाचगान हुने भएकाले अप्रिय घटनाहरु नघटोस भनि बिज्ञप्ति निकालिएको वार्ड अध्यक्ष नर बहादुर बुढा मगरले बताए । सामाजिक दुरि कायम गर्दै नियमित र आबश्यक कामकाजहरु गरे पनि यस्ता खाले जमघटबाट कोरोना भाइरस फैलन सक्ने भन्दै तीज बिशेष सम्पुर्ण कार्यक्रमहरु नगर्न/नगराउन वार्ड अध्यक्ष बुढा मगरले आग्रह गरेका छन् ।