आनन्द बस्नेत/ साउन ८, सल्यान । नेपाली काँग्रेसकाे भातृ संगठन तरुन्दल सल्यानले बनगाड कुपिण्डे नगरपालिकामा प्रथम अधिवेशन सम्पन्न गरेकाे छ । अधिवेशनले विजय बस्नेतलाइ अध्यक्षमा चुनेकाे छ भने सदस्यहुर पछि टुंगाे लगाउने भएकाे छ ।
तरुन्दल सल्यानका अध्यक्ष सन्ताेष केसीकाे अध्यक्षतामा सल्लीबजारमा भएकाे कार्यक्रममा काँग्रेस महासमिती सदस्य तथा जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर विष्ट, शारदा नगरपालिकाका उपप्रमुख शावित्रा बस्नेत लगाएतकाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा बाेल्ने वक्ताहरुले देश बनाउने हात युवाहरुमा भएकाे बताएका छन् । उनिहरुले काँग्रेस पछाडी पर्नुकाे कारण युवाहरु सक्रय हुन नसक्दा भएकाे बताएका छन् । अब जिल्ला व्यापी रुपमा कमिटी गठनलाइ जाेड दिने उनिहरुले बताएका छन् ।