मकैबारीमा पासो थापेर बदेल मारेको आरोपमा सल्यानमा एक किसान पक्राउ


साउन ९, सल्यान । मकैबारीमा पासो थापेर जंगली जनावर बदेल मारेको आरोपमा सल्यानमा एक किसान पक्राउ परेका छन । जिल्लाको कालिमाटी गाउँपालिका ५ मनिकापुरमा आफ्नै बारीमा पासो थापेर बदेल मारेको आरोपमा ३० वर्षका दुर्गा बहादुर रोका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पासोमा बदेल मारेर घरमा ल्याइ मासु काट्न लागेको गोप्य सुचनाका आधारमा बिहीबार दिउँसो ३ बजेतिर उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाइ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।

कालिमाटीमा वर्षेनी बदेल, बाँदर लगाएतका जंगली जनावरले किसानहरुको बालीनाली सखाप पार्ने गरेको छ । जंगली जनावर धपाउन कति किसानहरु रातभर बारीमै जागरम बस्ने गरेका छन् भने जनावर मार्न पनि बाध्ये हुने गरेका छन् ।

तर नेपालकाे कानूनले यस्ता खालका जनावरहरु मारेकाे खण्डमा २० हजार देखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा ६ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेकाे छ । केहि समय सरकारले खेतबारीमा दुख दिने जनावरलाइ मार्न पाउने व्यवस्था गरेपनि अहिले त्याे कार्यअवधी सकिएकाे छ ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार