पदम गिरी/ साउन १०, सल्यान । सल्यानमा भुसिया कुकुरले घरमा बाँधेका बाख्राहरु मारेका छन् । जिल्लाकाे शारदा नगरपालिका ४ साहिलाकम्दमा भुसिया कुकुरले ४ वटा खसीबाख्रा मारेका छन् भने ५ वटा खसीबाख्रा घाइते बनाएका छन् ।
शुक्रबार घरमा नै बाधेर राखेका स्थानीय कुल बहादुर गिरीका १६ वटा मध्ये २ बटा खसी २ वटा बाख्रा मारेका छन् भने ३ वटा बाख्रा घाइते बनाएका छन् । एक हप्ताको अबधिमा शारदा नगरपालिका वडा नं. ४ का बाबुराम गिरीको १, हरि बहादुर गिरीको १ बाख्रालाई घाइते बनाएका छन् ।
यस्तै स्थानीय दिर्ध बस्नेतका १ वटा हास, जितेन्द्र बहादुर के.सी.का ६ बटा कुखुरा, बिन्द्रा वलीका ७ वटा कुखुरा भुसिया कुकुरले मारेर खाएका छन् । वार्षिक रुपमा करिब ३ लाख रुपैयाका खसी बोका विक्रि गरिरेहेको कुल बहादुर गिरीले घरमा नै बाधेर राखेका बाख्रा कुकुरले मारेपछि सम्बन्धित निकायलाई खबर गरेको बताए ।
यसरी बाख्रा मार्न आउने कुकुर २ बटा रहेको र मानिस देखे पछि भाग्ने गरेको स्थानिय टेक बहादुर गिरीले जानकारी दिए । यस्तै शारदा नगरपालिका वडा नंं ४ का वडा अध्यक्षले भुसिया कुकुरको बारेमा जिल्ला प्रहरी कार्यालय सल्यानलाई जानकारी गराइसकेको र स्थानियहरुलाई सचेत हुन र कुकुर देखे पछि तत्काल खबर गर्न अनुरोध गरेको जानकारी गरे ।
आय आर्जनको मुख्य माध्यम रहेका यस स्थानका स्थानियहरु ब्यवसायिक रुपमा बाख्रापालन र कुखुरा पालन गरेर बार्षिक प्रति ब्यक्ति १ लाख देखी ३ लाख सम्म आर्य आर्जन गर्दै आइरहेका छन् । यसरी दैनिक रुपमा भुसिया कुकुरले दुखः दिन थाले पछि स्थानिय चिन्तित बनेका छन् ।