सल्यानमा एक शिशुको शव सडेको अबस्थामा भेटियो



साउन ११, सल्यान । सल्यानमा नवजात शिशुको बेवारिसे शव सडेको अबस्थामा भेटिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ कल्ले खोलामा आइतबार दिउँसो नवजात शिशुको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । शिशुको शव चार/ पाँच दिन अगाडी फालेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

शिशुको शव गलिसकेकाले महिला हो या पुरुष चिन्न सक्ने अवस्थामा नरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फोटो फाइल

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार