साउन ११, वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पताल अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा आइतबार बिहान मृ त्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृ तक वृद्धको रिपोर्ट पोजेटिभ आएको डाक्टर निरज सिंहले जानकारी दिए । मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो ।
कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । त्यहाँ गरिएको आरडीटी परीक्षणमा वृद्धिको रिपोर्ट पोजेटिभ आएको थियो ।
आरडीटी पोजेटिभ देखिएसँगै वृद्धलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ बजे अचानक उनको अवस्था गम्भीर बनेपछि वीरगञ्जस्थित नारायणी अस्पताल अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
गण्डक अस्पतालका डाक्टर निरज सिंहका अनुसार उपचारका क्रममा वृद्धको मृ त्यु आइतबार बिहान करिब ६ बजे भएको थियो ।