पुर्ण भण्डारी ‘पंकज’काे लाेक लयकाे गजल सार्वजनिक (भिडियाे सहित)


साउन १२, सल्यान । साहित्यकार डा. पुर्ण भण्डारी ‘पंकज’काे लाेक लयमा गजल सार्वजनिक भएकाे छ । परम्परागत शास्त्रीय लयमा सुनिँदै आएकाेमा डा. भण्डारीले लाेक लयमा  आधारित बनाएर ‘तिम्रै हातको औंठी चिनाे’ बोलको गजल सार्वजनिक गरेका हुन् ।

डान्सिङ्ग बिटमा तयार भएको यस गजल गीतमा चर्चित गायीका पूर्णिमा लामाले स्वर दिएकी छिन् । डा. पूर्ण भण्डारी पंकजको रचना र सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गजल गीतमा सियोन र सजनाको अभिनय रहेको छ ।

मुकेश हुमागाईंको टिममार्फत् छायाँकन गरिएको र हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको निर्देशन हेमप्रभासले गरेका हुन् ।

हेर्नुहाेस

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार