• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

ह्वात्तै बढ्यो चिनीको मूल्य, किलोको कति पुग्यो ?


साउन १२,काठमाडौं – नेपाली बजारमा चिनीको मूल्य बढेको छ । अहिले बजारमा तरकारी लगायत बिभिन्न सामानको मूल्य बढी रहेको बेला चिनीको मूल्य पनि बढेको हो । मुलुकभित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले चिनीको मूल्य बढाएका हुन् ।

बजारमा किलोको ८५ रुपैयामा बिक्रि हुँदै आएको चिनीको मूल्य अहिले किलोकै १ सय रुपैयासम्म पुगेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य बढेको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो ३ दिनको अवधिमा चिनीको मूल्य बढेको हो । अहिले चिनीको मूल्य थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको छ । बजारमा चिनिको मूल्य १० देखि १५ रुपैयाँसम्म वढेको हो ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार