साउन १२, दाङ । मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक नेता युग पुरुष डा.गोपाल गुरुङको ८५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ०८ टिकरीका डा. गुरुङको शालिकमा माल्यार्पण तथा पञ्च दिप प्रज्वलन गरिएको छ।
कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका नेता र कार्यकर्ताहरु सहभागि थिए।
टिकरी स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका नेता एवं केन्द्रिय मुल सचिब थमन बुढा मगर, पाँच नम्बर प्रदेश सभा अध्यक्ष दिपक थापा मगर, पाँच नम्बर प्रदेश सभा सचिब जनक मिदुन,दाङ जिल्ला सभा अध्यक्ष अमर बुढा मगर,प्रदेश सल्लाहकार बेद बहादुर मगर,जिल्ला सल्लाहकार एवं युके प्रभास सभा संयोजक खड्क बुढा मगर,प्रदेश सभा सदस्य घनश्याम चौधरी ,दाङ जिल्ला सचिब प्रितम चौधरी लगाएत मंगोलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा युग पुरुष डा.गोपाल गुरुङले राजनीतिक परिवर्तनमा गरेको योगदान मंगोलको अस्तित्व प्राप्तीका लागी मार्गदर्शक बन्ने वक्ताहरुले बताएका छन्।
पाँच नम्बर प्रदेश सभा सदस्य दिपा चौधरि को स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण नबराज जि.एम. ले गर्नु भएको थियो ।