साउन १४, सल्यान । सल्यान श्रीनगरमा रहेको विद्युत वितरण केन्द्रको सवस्टेसनको केबुल जलेपछि बितेको २४ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । केबुल जलेपछि सल्यान, रुकुम र पश्चिम रोल्पाको भागमा आपूर्ति हुने विद्युत हिजो साँझदेखि विद्युत अवरुद्ध भएको हो ।
केबुल मर्मतको लागि कोहलपुरबाट सामान र प्राबिधिक टोली आएर अहिले बनाउदै गरेको नेपाल विद्युत प्राधिकरण सल्यान शाखाले जनाएको छ । केबुल मर्मत गर्न कति समय लाग्ने भन्नेबारे अहिले नै थाहा नभएको प्राधिकरणको भनाइ छ ।
सवस्टेसनमा केबुल मात्रै जलेको हो कि अन्य सामाग्रीमा पनि समस्या आएको हो भन्नेबारे केबुल मर्मत पछि थाहा हुनेछ । विद्युत अवरुद्ध भएपछि २४ घण्टादेखि सेवाग्राही मारमा परेका छन् । २४ घण्टादेखि विद्युत अवरुद्ध भएपछि सल्यानका रेडियोहरु पनि बन्द भएका छन् ।