• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्लीबजारमा काँग्रेसकाे कार्यकर्ता प्रशिक्षण


आनन्द बस्नेत

आनन्द बस्नेत/ साउन १४, सल्यान । नेपाली काँग्रेस सल्यानले आगामी पुसमा हुने महाधिवेसनकाे तयारीका लागि जिल्ला भित्र विभिन्न गतिविधिहरु संचालन गरिरहेकाे छ । यसक्रममा बनगाड कुपिण्डे नगरपालिकामा बुधबार कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएकाे छ ।

काँग्रेसका पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीकाे प्रमुख आतिथ्यतामा सल्लीबजारमा भएकाे कार्यक्रममा महासमिती सदस्य धुर्बराज पुरी, केश बहादुर विष्ट, एकराज डिसी लगाएतकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा केहिदिन अधि सम्पन्न तरुन्दल बनगाड कुपिण्डे नगरकाे प्रथम अधिवेशनका सदस्यहरुले पुर्णता पाएपछि सपथग्रहन गराइएकाे छ । त्यस्तै नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका १ सय ५१ कार्यकर्ताहरुलाइ पनि कार्यक्रममा सम्मान तथा स्वागत गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार