• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा बाख्रा चराउन गएकी महिलाको भीरबाट लडेर ज्यान गयाे


साउन १५, सल्यान । सल्यानमा बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएकाे छ ।

बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौरकी अन्दाजी २० वर्षीया ललिता बोहराको बुधबार साँझ भीरबाट लडेर ज्यान गएकाे हाे ।

गाउँ नजिकैकाे जंगलमा बाख्रा चराउन गएकी उनकाे भीरबाट लडेर ज्यान गएकाे हाे । बाख्रा चराउन गएको समयमा उनी भीरमा घाँस काट्दै गर्दा लडेकी हुन् ।

फाइल फाेटाे

 

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार