साउन १५, सल्यान । सल्यानमा बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएकाे छ ।
बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौरकी अन्दाजी २० वर्षीया ललिता बोहराको बुधबार साँझ भीरबाट लडेर ज्यान गएकाे हाे ।
गाउँ नजिकैकाे जंगलमा बाख्रा चराउन गएकी उनकाे भीरबाट लडेर ज्यान गएकाे हाे । बाख्रा चराउन गएको समयमा उनी भीरमा घाँस काट्दै गर्दा लडेकी हुन् ।
फाइल फाेटाे