• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

कालिकोटमा पहिरोबाट दुई बालबालिकासहित तीनको मृ’त्यु, एक बेपत्ता


साउन १५,कालिकाेट । कालिकोटको बिभिन्न ठाउँमा बुधबार गएको पहिरोमा परेर तीन जनाको मृ त्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

जिल्लाको सान्नी त्रिवेणि गाउँपालिका ७ क्युरीमा पहिरोमा परि ६२ वर्षिया पशुराम संज्यालको मृ त्यु भएको छ भने अन्दाजी २९ वर्षिया तारा धमाला संज्याल वेपत्ता भएकी छन् ।

त्यस्तै, महावै गाउँपालिका ७ कोडबाडामा घर भत्किदा दुई बालबालिकाको ज्यान गएको छ ।

बुधबार बेलुका महावै गाउँपालिका ७ का तुल महत्तराको घर वर्षाका कारण भत्किएर खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगीता भण्डारी र सुर्ज महत्तराको १२ वर्षीय छोरा गणेश महत्तराको घरभित्रै पुरिएर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महत्तराको घरमा खेलिरहेकामा अरु ४ जना बालबालिका घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार