• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

कारागारमै एक कैदीको बिहीबार मृ’त्यु


साउन १५ ,विराटनगर। विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको बिहीबार मृ त्यु भएको छ।

डेढ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका मोरङको केराबारी गाउँपालिका-४ का २८ वर्षीय रमेश मगरको मृत्यु भएको हो। कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलकाअनुसार मगरलाई लामो समयदेखि मुटु सम्बन्धी समस्या थियो।

मुटुमा थप समस्या देखिएपछि उपचारका लागि बिहान कोशी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेको पोखरेलले बताए। जबरजस्ती करणी र बहुविवाह मुद्दामा अदालतले मगरलाई २०७५ साल पुस १५ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो।

अदालतको फैसलाअनुसार उनले डेढ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए । निमित्त जेल पोखरेलले परिवारका सदस्यलाई मृतकको शव जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार