• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा ३ वटा मोटरसाइकल नियन्त्रणमा, चोरी गर्ने गिरोह सहित ४ जना पक्राउ


खकेन्द्र केसी

साउन १५, सल्यान । मोटरसाइकल चोरी गरेको आरोपमा सल्यानमा ४ जना पक्राउ परेका छन । विभिन्न ठाउँबाट ५ वटा मोटरसाइकल चोरेको आरोपमा ४ जनालाई एक महिनाको अवधीमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका २ जना मोटरसाइलक चोरी गरेर बेच्ने गिरोह भएको र २ जना रोकिराखेको मोटरसाइकल चोरी गर्ने भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनकाअनुसार गएको असार १५ गतेदेखि यता उनिहरुलाइ पक्राउ गरिएको हो ।

गएको असार १८ गते कालिमाटी गाउँपालिका ३ स्थित सुर्खेत–तुलसीपुर सडक खण्डमा चोरी गरेको लु ५२ प २९०८ नम्बरको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गर्याे । पक्राउ परेका दुवैजना जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर ४ जेवा घर भई बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभार बस्ने बर्ष २१ वर्ष र बर्ष १७ का व्यक्ती हुन् ।

इलाका प्रहरी कार्यालय लुहाममा राखि उनिहरुलाई थप अनुसन्धान गर्दा मोटरसाइकल चोरीकै गिरोहमा उनिहरु लागेकाे र  अन्य ३ दुइवटा चोरीका मोटरसाइकल लु ५२ प २९०७ र लु ५७ प ९३०८ नम्बरको २२० सिसीको पल्सर पनि जाजरकोटबाट नियन्त्रणमा लिइएकाे डिएसपी खतिवडाले बताए । यसरी पक्राउ परेका दुइ जनालाइ अदालतले फैसला गरेर एक लाख ७५ हजार धरौटी तिर्न नसकेर अहिले जिल्ला कारागार सल्यानमा जेल चलान भएका छन् ।

त्यस्तै साउन २ गते शारदा नगरपालिका १ श्रीनगरको एउटा पसल अगाडी रोकिराखेको मोटरसाईकल चोरी गरेर भागेको अवस्थामा शारदा नगरपालिका २ का क्याप्टेन भनेर चिनिने प्रविण खड्कालाई पक्राउ गरिएको हो । उनलाई चोरी गरेरको मोटरसाइकल सहित सिद्वकुमाख गाँउपालिका वडा नम्बर २ सालघारीबाट पक्राउ गरेर अहिले अदालतबाट म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जाएको छ ।

त्यसैगरी साउन १२ गते बनगाड कुपिण्डे वडा नम्बर ५ चिउरामा पनि एक स्थानीयको मोटरसाइक चोरी गरेर भाँगेको अवस्थामा प्रहरीले सोहि ठाउँका ३२ वर्षका मोहन घर्ति मगरलाई पक्राउ गरेको छ । उनलाई पनि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट म्याद थप लिएर प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी खतिवडाले बताए ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार