जब विद्वानहरु आउनेछन आगो बोकेर


भरत रोकाय 'एक्सन'

जब विद्वानहरु आउनेछन आगो बोकेर
अनि मात्र आउछ परिवर्तन आगो बोकेर ।

मूत्युले पनि आफ्नो औकात देखेर जावस
गर्न मन छ मूत्युको विज्ञापन आगो बोकेर ।

सजिल्यै फर्कियो उ आँशुको तलाउ देखेर
आउन त आए थियो  दुस्मन आगो बोकेर ।

कसैले छुदाँ पनि यो तनमा सल्कियो आगो
अब आगो बिरुद्दको आन्दोलन आगो बोकेर ।

कहाँ आगलानी हुने हो कहाँ विस्फाेट हुने हो
आज फेरि हिडेको छ एक्सन आँगो बोकेर ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार