• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका ७ वटा स्थानीय तह कोरोना मुक्त भए


साउन १६, सल्यान । सल्यानमा कोरोना भाइरसबाट निको हुनेको संख्या २४० पुगेको छ । हालसम्म संक्रमितको संख्या २४८ पुगेकोमा २४० जना निको भएर घर फर्किएका छन् ।

आज शुक्रबार मात्रै १५ जना संक्रमित निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिए । उनका अनुसार शुक्रबार डिस्चार्ज हुने कुमाख गाउँपालिकाका ६ जना, बनगाडका ३ जना, बागचौर र शारदाका २/२ जना, कालिमाटी र दार्माका एक/एक जना रहेका छन् ।

यसैक्रममा सल्यानमा हाल आईसोलेसनमा ८ जना संक्रमितको उपचार भैरहेको छ । लहापिङ आइसोलेसनमा ५ जना र बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा ३ जनाको उपचार भैरहेको छ ।

दश वटा स्थानीय तह रहेको सल्यानमा ७ वटा स्थानीय तह कोरोना मुक्त भएका छन् भने ३ वटा पालिका कोरोना मुक्त हुन बाँकी छ । उपचारमा रहेका संक्रमित ४ जना बनगाडका, २/२ जना कुमाख र कालिमाटीका रहेका छन् । ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार