• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

मिलन चाम्सको निर्देशनमा “बल्ल बल्ल भेट भो” सार्बजनिक (भिडियो सहित)


साउन १६ दाङ। दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दयाहाङ राई निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय रहेको गितमा दिपक शर्माको शब्द तथा संगीत छ ।

भिडियोमा नायक दयाहाङ राईलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । नृत्य गर्नका लागि निकै नै सकस मान्ने दयाले यो गीतमा निराञ्जलीसँग खुलेरै नृत्य गरेका छन ।

मिलन चाम्सको निर्देशनमा तयार परिएको भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन तथा ध्रुवराज पराजुलीको सम्पादन रहेको छ ।  भिडियो: 

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार