• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

तीज गीतको बिकृती हटाउन प्रतिष्ठानले गर्यो १३ सदस्यीय कार्यदल गठन


साउन १७ दाङ। पछिल्लो समय तीज गीतमा आएको विकृतीबारे रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जीले एक विज्ञप्ती जारी गर्दै गीत संगीतको मर्ममा प्रहार भएको भन्दै दुख व्यक्त गरेका छन । हिजो सुक्रबार प्रतिष्ठानको बैठकले प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृती विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको छ ।

बिकृति जन्य गीत संगीतमा आवाज दिने देखि निर्माण गर्ने सम्मका कलाकारहरुलाई कालो सुचिमा राख्दै सस्थाबाट पाउने सबै अधिकारबाट बन्चित गराइने सस्थाका अध्यक्ष रमेश बिजिले लेकाली अनलाईनलाई जानकारी दिए । विदेश जानको लागि चाहिने सिफारिस समेत रोक लगाइने र सस्थाले दिने अधिकारबाट बन्चित गराइने समेत बिजिले बताएका छन ।

सुक्रबार बसेको केन्द्रिय बैठकले प्रतिष्ठानका उप–महासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगती विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको हो । शिब हमालको संयोजकत्वमा गठित कार्यदल भित्र उपसंयोजक हरि डाँगी, कृष्ण रेउले, पी.एन सापकोटा, सदस्यहरु कुलेन्द्र विश्वकर्मा, पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युवराज मगर, जमुना राना, बिमल अधिकारी, प्रकाश भट्ट लगायतका कलाकारको टिम समावेश छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार